loader

Breaking News

सिलगढ़ीका होटलहरूमा लगाइयो बंगलादेशीमाथि प्रतिबन्ध

Image
 

असम अनि त्रिपुरा राज्यपछि अब पश्चिम बंगालको सिलगढ़ी शहरका  होटलहरूमा पनि बंगलादेशी पर्यटकहरूमाथि प्रतिबन्ध लगाइएको छ। यो प्रतिबन्ध सिलगढ़ी शहरका होटल मालिकहरूले अनिश्चित कालका लागि सबै होटलहरूमा लगाएका हुन्। 
सोमवार ग्रेटर सिलगड़ी होटलियर्स वेलफेयर एसोसिएशनको कार्यकारी समितिले एउटा पत्रकार सम्मेलन आयोजन गर्दै उक्त घोषणा गऱ्यो।
उल्लेखनीय छ, गत 6 दिसम्बरको दिन असमका सीमावर्ती जिल्लाहरूमा उक्त प्रतिबन्ध लगाइएको थियो भने त्रिपुरामा पनि बंगलादेशी पर्यटकहरूमाथि प्रतिबन्ध लगाइएको थियो। अल त्रिपुरा होटल एण्ड रेस्टुरेन्ट ओनर्स एसोसिएशनले 2 दिसंबरदेखि राज्यका कुनै पनि होटलले बंगलादेशी नागरिकहरूका लागि कोठा उपलब्ध नगराउने निर्णय लिएको थियो।
पत्रकार सम्मेलनमा एसोसिएशनका अध्यक्ष राजीव दास, संयुक्त सचिव उज्ज्वल घोष  लगायत अन्यान्य उपस्थित थिए। सम्मेलनमा बोल्दै प्रतिबन्धले नोक्सान भए पनि तर देश सबैभन्दा माथि रहेको अनि जुन प्रकारले देशको झन्डाको अपमान भइरहेछ, त्यो हाम्रो देशको मात्र नभएर हाम्रो पनि अपमान हो भनी उनीहरूले बताए।


Leave a Comment